• ११ असोज २०८३, आइतबार
  • १ः४७ दिउँसो

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

प्रकाशित मिति

२०७८ असार २३ गते, बुधबार ०७:१८

काठमाडौं : बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो ।

National Life

समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको उनको भनाइ छ ।


‘निरीक्षणको क्रममा जीवन तथा निर्जीवन दुवै कम्पनीले उधारोमा बीमा पोलिसी विक्री गरेको पाइयो, जुन बीमा ऐनकै विपरीत हो,’ उनले भने, ‘हामीले २ महीनाअघि पनि कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न आन्तरिक रूपमा परिपत्र जारी गरेका थियौ। तर, यो प्रवृत्ति नरोकिएपछि अहिले कम्पनीका सीईओहरूलाई यस विषयमा चनाखो हुनु भन्दै निर्देशन नै जारी गरेका हौं ।’

Classic Tech Mobile
Classic Tech Desktop

विशेषगरी असार महीनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महीना भएकाले लक्ष्य पूरा गर्न असार महीनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालको भनाइ छ ।


बीमा ऐनअअनुसार कुनै पनि कम्पनीले बीमाशुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । कम्पनीले बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ । तर, कम्पनीहरूले ऐनविपरीत उधारोमा बीमा पोलिसी विक्री गरेको समितिको विभिन्न निरीक्षण तथा अनुगमनले देखाएको थियो । आर्थिक अभियान दैनिकबाट

प्रतिकृया