• ११ असोज २०८३, आइतबार
  • १ः१५ दिउँसो

मेलिना र आरसीको ‘ठूल्दाइको फूलमाला’

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ०९:२३

काठमाडौं : मेलिना राई र आरसी रिमालको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शब्द÷संगीत दीपक सिलवालको छ । एरेञ्जको काम भने साहस शाक्यले गरेका छन् ।

National Life

गीतको भिडियोमा सरोज अधिकारीसँग आश्मा विश्वकर्मा र शिशिर भण्डारीसँग रीता कट्टेलले कम्मर मर्काएकी छिन् । चारै जनालाई माइकल चन्दले नचाएका हुन् । भिडियोको निर्देशन पनि माइकल स्वयंले गरेका हुन् ।


गीतमा भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र सम्पादनको काम शिलन लम्सालले गरेका छन् । लकडाउन खुकुलो भएसँगै म्युजिक भिडियो रिलिज हुने क्रम सुरु भएको छ । ‘ठूल्दाइको फूलमाला’ यो क्रमको सुरुवात हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया