फेरी बढ्यो पेट्रोलियम पर्दाथको मुल्य
प्रकाशित मिति
२०७८ असार २२ गते, मंगलवार ०९:१२

काठमाडौं : नेपालमा फेरी पेट्रोलियम पर्दाथको मुल्य बढेको छ । नेपाल आयल निगमले यसअघि समायोजन भएको १५ दिनमै ग्यास, पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको हो। निगमले ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँ, पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएसंग काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले भारतबाट आउने मूल्य नै बढेकाले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको जनाएको थियो । निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
प्रतिकृया