• ११ असोज २०८३, आइतबार
  • २ः१८ दिउँसो

सशस्त्र प्रहरीका दुई एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

प्रकाशित मिति

२०७८ असार २२ गते, मंगलवार ०९:०६

काठमाडौँ :  गृह मन्त्रालयले सशस्त्र प्रहरीका दुई जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायव महानिरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ । मंगलबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले एसएसपीद्वय कालीदास धौबजी र कुमार न्यौपानेलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको हो ।

National Life

सशस्त्र प्रहरी नियमवाली २०७२ मा डीआईजी बढुवाका लागि गृह सचिवको अध्यक्षतामा तीन सदस्यीय समिति हुने व्यवस्था छ । बढुवा समितिको मंगलबार बसेको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया