• ११ असोज २०८३, आइतबार
  • १ः४५ दिउँसो

कपिलवस्तुमा जीप दुर्घटना, १ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०६:५०

कपिलवस्तु : कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित चप्परगाउँमा स्कोरपियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका निवासी विक्रम खनाल रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । वाणगंगा ८ चप्परगाउँमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १६ च ८०९८ नम्बरको स्कोरपियो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

National Life

प्रहरीकाअनुसार स्कोरपियोमा चारजना सवार रहेका थिए । दुर्घटनामा परेका अरुको स्वास्थ्य स्थिति सामान्य रहेको इलाका प्रहरी कार्यालय पिपराका इन्सपेक्टर दिनेश गुरुङले जानकारी दिए ।

प्रतिकृया