• १२ असोज २०८३, सोमबार
  • ११ः४९ बिहान

चौधरी फाउण्डेसनद्वारा चार थान अक्सिजन कन्सेन्ट्रटर भोजपुर र इलाम अस्पताललाई सहयोग

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार १०:०३

काठमाडौं : चौधरी ग्रुपको चौधरी फाउण्डेसनले भोजपुर र इलामलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। फाउण्डेसनको विराटनगरस्थित प्रादेशिक कार्यालयको उद्घाटनका क्रममा आइतबार दुवै जिल्लालाई समान २ वटा अक्सिजन कन्सेन्ट्रटर उपलब्ध गराएको हो।

National Life

कार्यालयको उद्घाटन गर्दै प्रदेश १ का प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले जिल्ला अस्पताल भोजपुर र इलामलाई ४ थान स्वास्थ्य मेसिन उपलब्ध गराएका हुन्। सो क्रममा प्रदेशसभा सदस्य थापाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै फाउण्डेसनले स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने अपेक्षा गरेको बताए।


कोरोना महामारीमा नेपाली आम जनतालाई जोगाउन फाउण्डेसनको सक्रियता आगामी दिनमा थप बढ्दै जानेमा आफू विश्वस्त भएको थापाले उल्लेख गरेका थिए।अर्कोतर्फ कार्यालयका प्रमुख रामजी कट्वालले सेवाको विस्तारसँगै सामाजिक काममा अग्रसरता देखाउँदै सबै पक्षसँग सहकार्य गर्ने उदेश्यसहित फाउण्डेसन अघि बढेको प्रस्टाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

दुर्गम जिल्लामा अक्सिजनको अभाव हुँदा कोरोना सङ्क्रमितको उपचारमा भइरहेको जटिलतालाई सहज बनाउने प्रयासका रुपमा स्वास्थ्य मेसिन प्रदान गरिएको उनको भनाइ छ। त्यसैगरि, आगामी दिनमा पनि चौधरी फाउण्डेसनले सहयोगलाई निरन्तरता दिइरहने विश्वास कटुवालले दिलाएका थिए। कोरोना महामारीका क्रममा मुलुकभर १० करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री फाउण्डेसनले सहयोग गरिसकेको छ।

प्रतिकृया