• ११ असोज २०८३, आइतबार
  • ८ः३९ बिहान

कोपा अमेरिकामा कोलम्बियाको विजयी सुरुआत

प्रकाशित मिति

२०७८ जेष्ठ ३१ गते, सोमबार १०:२१

काठमाडौँ : कोलम्बियाले कोपा अमेरिका २०२१ मा विजयी सुरुआत गरेको छ । समूह बी अन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियाले इक्वेडरलाई १-० ले पराजित गरेको हो ।

National Life

ब्राजिलको एरेना पान्तानाल स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि एडविन कार्डोनाले निर्णायक गोल गरे । उनले खेलको ४२औं मिनेटमा मिगुएल बोयाको पासमा गोल गरेका थिए ।


जितपछि कोलम्बियाले ३ अंक जोडेको छ । यसअघि उद्घाटन खेलमा समूह बी कै ब्राजिलले भेनेजुएलालाई ३-० ले पराजित गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया