• १२ असोज २०८३, सोमबार
  • २ः५८ दिउँसो

यसकारण उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने

प्रकाशित मिति

२०७८ जेष्ठ २१ गते, शुक्रबार ०७:५३

काठमाडौं : काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि ९प्रोटोकल०अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

National Life

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ÷छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिए ।


राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्देशक श्रेष्ठले भने, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।


कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।


उनले भने, “निर्माण कम्पनीसँग भएको सम्झौताको कार्यविधिमा नै आयोजनाको अन्तिम सुरुङमा पानी पठाएर खाली गरी निरीक्षण गर्ने, क्षति भएको अवस्थामा मर्मत सम्भार गर्ने र त्यसपछि कुनै समस्या नभएमा पुनः पानी भरी वितरण गरेपछि मात्र आयोजना सफल हुन्छ ।’’

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया