• ११ असोज २०८३, आइतबार
  • १ः१० दिउँसो

चर्चा बटुल्दै काजल

प्रकाशित मिति

२०७८ जेष्ठ १३ गते, बिहीबार ०४:३७

एजेन्सी

National Life

मुम्बई : काजल अग्रवाल भारतीय चलचित्र उद्योग (बलिउड) की चर्चित अभिनेत्री हुन्। कुशल अभिनयका साथै आफ्नो सुन्दरताले सबैलाई मोहित पार्दै आइरहेकी काजल अहिले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरका कारण चर्चा बटुलिरहेकी छन्।


कोरोना महामारी र लकडाउनका कारण घरमै बसिरहेकी काजल सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छन्। घरभित्रै रहँदाका विभिन्न तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेकी काजलले पछिल्लो समय सूर्यास्त नियाल्दै गरेको तस्बिर भने भाइरल बनेको छ। धेरैले निकै राम्रो तस्बिर सेयर गरेको भन्दै काजलको तारिफ पनि गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop


इन्टाग्राममा सेयर गरेको तस्बिरमा काजल घरको कौसीमा बसेर सूर्यास्तको सुन्दर दृश्य नियालिरहेको देखिएकी छन्। सुन्दर सूर्यास्तरको दृश्यसँगै उनको पहिरनले पनि चर्चा बटुलेको छ। उनले नीलो रङको कपडा लगाएर सूर्यास्तको मज्जा लिएकी थिइन्। लकडाउनको समयमा उनले आफूलाई घरभित्र पनि निकै व्यस्त राख्दै आइरहेकी छन्। खानाका विभिन्न परिकार बनाउनेदेखि सिलाइबुनाइका काममा पनि उक्तिकै सक्रिय रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ।


काजलले पति गौतम किचलुसँगको तस्बिरलाई पनि बेलाबेलामा सेयर गर्दै आएकी छन्। उनले हालै पतिसँगको एक तस्बिर सेयर गर्दै आफ्नो ‘सपोट सिस्टम’ भनेर क्याप्सन लेखेकी थिइन्। गौतम र काजलको विवाह गत वर्षको अक्टोबरमा भएको थियो। उनको विवाह हुँदा पनि भारतमा कोरोना भाइरसको महामारी नै थियो। विवाहलगत्तै उनीहरूले मालदिभ्समा हनिमुन मनाएका थिए।

प्रतिकृया