• ४ साउन २०८३, सोमबार
  • १:२१ बिहान

राजनीतिक हस्तक्षेपका कारण विकास निर्माणका कार्यहरु अन्यौलमा परेको मेयर पटेलको आरोप

प्रकाशित मिति

२०७६ जेष्ठ २६ गते, आईतवार ०९:४४

रौतहट । रौतहट देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्र पटेलले चरम राजनीतिक हस्तक्षेपका कारण हालसम्म नगरपरिषद् नभई विकास निर्माणका कार्यहरु अन्यौलमा परेको आरोप लगाएका छन ।

उनले केही अदृश्य शक्ति र राजनीतिक हस्तक्षेपले गर्दा नगरपालिकाको हालसम्म परिषद् हुन नसकेको बताएका छन् ।

Kamana Sewa

रौतहटको सदरमुकाम गौरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेयर पटेलले विना कारण आफ्नो स्वार्थ पुर्ति गर्नको लागि नेकपाको नेताहरुद्वारा गरिएको राजनीतिक हस्तक्षेप तथा प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण हालसम्म परिषद् नहुँदा नगरपालिकामा विकास निर्माण कार्यहरु अवरुद्ध भई बजेटहरु फ्रिज हुने अवस्थामा पुगेको मेयर पटेलले गुनासो गरे ।

Classic Tech Desktop

उपमेयर परनिया देवी पटेल सहित नेकपाका बहुमत सदस्यहरु मसँग नसोधी प्रमुख प्रशासकीय अधिकृत मनोजकुमार रजकको मिलोमतोमा माइनुटबुकमा जथाभावी योजनाहरु राखेर हस्ताक्षर गरी त्यसलाई जवरजस्ती प्रमाणीकरण गर्न दबाब दिईरहेको समेत उनले गुनासो गरे ।

कार्यपालिकाको पदाधिकारीहरुसँग समन्वय गरेर गत वैशाख ६ गते नगरपरिषद्को उद्घाटन सत्र भए, तर सहमती मै प्रत्येक वडामा ६५÷६५ लाख बजेट सिलिंग गरिएर योजनाहरु माइनुट बुकमै लेख्ने काम गरिएको बताउँदै मेयर पटेलले निर्वा्चित सदस्यहरुलाई नेकपाको नेताहरुद्वारा उस्काएर वडाध्यक्ष सरह बजेट पाउनु पर्ने भनेर बखेडा गराउँदा परिषद् हुन नसकेको उनले भने ।

परिषद नुहँदा नगरको विकास निर्माणको कार्यहरु प्रभावित भएको बताउदै तराई मधेश समृद्धी अभियान कार्यक्रम अन्तर्गत मधेश संस्कृति संग्रालयको लागि आएको १ करोड रकमलाई विना जानकारी टेण्डर आह्वान गरेर अर्कै नगरपालिकाको व्यक्तिलाई संग्रालयको अध्यक्षमा राख्ने कार्य कतिको उचित कार्य हो ? उनले प्रश्न गरे ।

पटक पटक संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत रजकको विषयमा गुनासो गरेर अर्कोलाई पठाउन माग गर्दा पनि नेकपाको सरकारमा हामीलाई हेप्ने कार्य भईरहेको तथा जानीजानी नगरपालिकाको विकासको कार्य अनिर्णयको बन्दी बनेको बताए ।

ठूलाबडा नेताहरुको दबाबमा कार्यपालिकाको सदस्यहरुलाई प्रभावमा पारेर नगरपरिषद् हुन नदिएको बताउँदै अन्तिम विकल्पको रुपमा बाध्य भएर सञ्चारकर्मी समक्ष नगरपालिकाको अवस्था राखेका छौं यसबाट पनि सम्बन्धित निकायको ध्यानाकर्षण भई विकास निर्माण सुचारु हुनुपर्ने उनले अपिल गरे ।

मेयरमा फोरम र उपमेयरमा माओवादी त्यस्तै ९ वडा मध्ये तत्कालिन माओवादीका ४ वटा, एमालेबाट २ वटा र संघिय समाजवादी फोरम नेपालबाट ३ वटा वडा निर्वा्चित भएका थिए ।

प्रतिकृया