• ४ साउन २०८३, सोमबार
  • १:५१ बिहान

भक्तपुरका तिन विद्यालयले गर्यो सरसफाई कार्यक्रम

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार १२:०५

गौरब निरौला । नेवार पर्वलाई मध्यनजर गर्दै भक्तपुरका बिभिन्न स्कुलले सरसफाई कार्यक्रम गरेका छन ।मध्यपुरथिमी न.पा का मेयर मदन सुन्दर श्रेष्ठको आतित्थयमा उक्त कार्यक्रम गरिएको हो ।

ग्लोबल पाठशाला, सुधा सागर र आस्था महिला विद्यालय गरि ३ विद्यालयले सरसफाई गरेका हुन।
भक्तपुरको नयाँबस्ती ढुंगेधारा स्थीत भएको सरसफाई कार्यक्रममा ग्लोबल पाठशाला का कक्षा ६ देखि १० कक्षा सम्म का ४१ विधार्थी समावेश थिए भने सुधा सागर स्कुलका कक्षा ६ देखि कक्षा ९ सम्म का २७ जना विधार्थी समावेश थिए । यसैगरि आस्था विद्यालयका करिब ३० जना विधार्थी र र्कमचारी सहभागी रहेका थिए ।

Kamana Sewa


ग्लोबल पाठशालाका कोर्डिनेटर रिता रिजालका अनुसार नेपालको संविधानले आधारभूत स्तरको खानेपानी र सरसफाई सुविधालाई नागरिकको आधारभूत अधिकारको रुपमा प्रत्याभूत गरेको छ र त्यहि अनुसार सरसफाइ गरेको बताइन ।

Classic Tech Desktop


उनले हालका दिनमा सरसफाइको दायरा फराकिलो भइ प्रतिष्ठा, स्वास्थ्य, विकास निर्माण, जनजीविका, सामाजिक सशक्तिकरण र समृद्धिको आधार स्तम्भको रुपमा विस्तारित भई सरसफाईलाई राष्ट्रिय विकासको अभिन्न अंगको रुपमा लिन थालिएको छ ।

यस सदर्भमा पुर्ण सरसफाईलाई महत्व दिई हामीले यस कार्यक्रम संचालन गरेको उनको भनाइ थियो ।

यसैगरी सुधा सागर स्कुलका प्रार्चाय खगेन्द्र प्याकुरेलले दैनिकरूपमा अत्यावश्यक पर्ने पानीको उचित व्यवस्थापन र शुद्धिकरण हुन नसक्दा यसरी रोग फैलिदै गएकाले यस किसिमको सरसफाई गरेको बताए ।


उनले बढी जसो स–साना बालबालिका र महिलाहरू बढी प्रभावित भएका भन्दै यस्ता रोगहरू फैलिनु पूर्व सजकता अपनाउन उचित हुने भएकाले सरसफाइमा जोड दिएको बताए ।


व्यक्तिगत र वातावरणीय सरसफाईको बारेमा समयमै जानकारी गराउनु पर्ने आवश्यकतालाई उनले औँल्याएका छन् ।


आज शनिबार नेवार समुदायले सिथि नख मनाउदै छन । यस पर्वमा सरसफाई एकदम महत्वपूर्ण छ । उपत्यकाका नेवार समुदायले इनार, ढुंगेधारा, कुवालगायत खानेपानीको स्रोतको सरसफाइ गरी आज सिठी नख चाड मनाउने गर्छन् । यस पर्वलाई मध्यनजर गर्दै सरसफाई गरेको स्थानियले बताएका छन ।

प्रतिकृया