• ४ साउन २०८३, सोमबार
  • २:२३ बिहान

साम्राज्ञीले पहिलो पटक गाउँले महिलाको भूमिका निर्वाह गर्दै

प्रकाशित मिति

२०७६ जेष्ठ २५ गते, शनिबार १०:२९

गौरब । निर्माता तथा निर्देशक अशोक शर्माको निर्माणमा बन्दै गरेको नयाँ चलचित्र ‘रातो टिका निधारमा’को धमाधम छायांकन भइरहेको छ । अहिले यस चलचित्र बारे नयाँ कुराको खुलासा भएको छ । ‘रातो टिका निधारमा’ अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पहिलो पटक शहरबाट गाउँको परिवेशमा पुगेकी छिन् ।

साम्राज्ञीले फिल्मको छायांनका क्रममा प्रत्येक दिनको अपडेट आफ्नो इन्स्टाग्रामबाट गराइरहेकी हुन्छिन् । उनले यस चलचित्रमा एकल गाउँले महिलाको भूमिका निर्वाह गर्दै गरेको बुझिन्छ । साम्राज्ञीको भूमिकाको बारेमा यसको निर्माण पक्षले केही पनि खुलाएको छैन।
यस फिल्मबाट निर्देशक अशोक शर्माले आफ्नो छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराएका छन् । चलचित्रकामा साम्राज्ञी र अंकितका साथै नायिका नीता ढुंगाना, खुशवु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकारको मुख्य अभिनय रहने छ ।

Kamana Sewa

साम्राज्ञीले यस चलचित्रमा अभिनय गर्नका लागि १६ लाख पारिश्रमिक लिएकी छिन् । निर्माण टिमले यस चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना गरेको छ । यस अघि चलचित्र ‘जय भोले’मा गाउँले भूमिका भएकै कारण काम गर्न नमानेको भन्दै साम्राज्ञीको धेरै नै आलोचना भएको थियो ।

Classic Tech Desktop

प्रतिकृया