विराटनगरको देवनरा ग्रुपमा प्रहरीको छापा, बिहानैदेखि खानतलासी
प्रकाशित मिति
२०८३ श्रावण १८ गते, सोमबार १०:२८
१८ साउन २०८३ काठमाडौं – विराटनगरस्थित औद्योगिक घराना देवनरा ग्रुपमा प्रहरीले छापा मारेर खानतलासी गरेको छ।प्रहरी टोलीले विराटनगर महानगरपालिका–७, मेघराज मार्गस्थित मुन्दडा समूहका सञ्चालकको निवासमा बिहान करिब ४ः४५ बजेदेखि घेरा हालेर खोजतलास सुरु गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले खानतलासी गरिरहेको भए पनि कारबाहीको कारणबारे प्रहरीले हालसम्म आधिकारिक रूपमा कुनै जानकारी सार्वजनिक गरेको छैन।

देवनरा ग्रुपका मुख्य सञ्चालक उद्योगी प्रकाश मुन्दडा हुन्। उनले बाबा रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पल लगायतका उद्योग सञ्चालन गर्दै आएका छन्। साथै साबुनलगायत अन्य उद्योगमा पनि उनको संयुक्त लगानी रहेको बताइएको छ।

प्रकाश मुन्दडा प्रकाश मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष समेत हुन्। प्रहरीले खानतलासीको उद्देश्य र त्यससँग सम्बन्धित विवरणबारे औपचारिक जानकारी सार्वजनिक गरेपछि थप विवरण आउने अपेक्षा गरिएको छ।




प्रतिकृया