• २७ असार २०८३, शनिबार
  • ११:३७ बेलुका

यो साता नेप्सेमा ९३ लाखभन्दा बढी कित्ता हकप्रद शेयर सूचीकृत

प्रकाशित मिति

२०८३ असार २७ गते, शनिबार १०:५३

२७ असार २०८३ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता कुल ९३ लाख २७ हजार ८५ कित्ता शेयर सूचीकृत भएको छ। नेप्सेका अनुसार बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड को १०० प्रतिशत हकप्रद शेयरबापत ४० लाख कित्ता शेयर सूचीकृत भएको हो।

यस्तै, हिमालयन पावर पार्टनर लिमिटेड को ५० प्रतिशत हकप्रद शेयरबापत ५३ लाख २७ हजार ८५ कित्ता शेयर पनि नेप्सेमा सूचीकृत भएको छ।

Kamana Sewa

दुवै कम्पनीको हकप्रद शेयर सूचीकृत भएसँगै सम्बन्धित लगानीकर्ताले प्राप्त गरेका शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएका छन्।

Classic Tech Desktop

प्रतिकृया