• २७ असार २०८३, शनिबार
  • ११:३३ बेलुका

लुम्बिनी प्रदेशको बजेट खर्च ६७.१८ प्रतिशत, स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि

प्रकाशित मिति

२०८३ असार २७ गते, शनिबार १०:४७

२७ असार २०८३ काठमाडौं – लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को असार २५ गतेसम्म कुल बजेटको ६७.१८ प्रतिशत खर्च गरेको छ।आर्थिक मामिला तथा योजना मन्त्रालय तथा प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ३८ अर्ब ९१ करोड रुपैयाँको कुल बजेटमध्ये २६ अर्ब १४ करोड २७ लाख ९४ हजार रुपैयाँ खर्च भएको हो।

चालुतर्फ विनियोजित १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार रुपैयाँमध्ये १० अर्ब ४६ करोड २३ लाख १४ हजार रुपैयाँ अर्थात् ६७.७६ प्रतिशत खर्च भएको छ। यस्तै, पुँजीगततर्फ छुट्याइएको २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार रुपैयाँमध्ये १५ अर्ब ६७ करोड ७९ लाख ६४ हजार रुपैयाँ अर्थात् ६६.८० प्रतिशत खर्च भएको छ।

Kamana Sewa

मन्त्रालयगत खर्चतर्फ स्वास्थ्य मन्त्रालय सबैभन्दा बढी बजेट खर्च गर्ने मन्त्रालय बनेको छ। मन्त्रालयले ४ अर्ब ९५ करोड २९ लाख ७३ हजार रुपैयाँमध्ये ३ अर्ब ९३ करोड १५ लाख ६६ हजार रुपैयाँ खर्च गर्दै ७९.३८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।वन तथा वातावरण मन्त्रालयले ७१.३२ प्रतिशत तथा सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले ७०.८८ प्रतिशत बजेट खर्च गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ७०.७२ प्रतिशत बजेट कार्यान्वयन गरेको छ।

Classic Tech Desktop

सहरी विकास तथा खानेपानी मन्त्रालयको खर्च ६४.६२ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको ६१.१८ प्रतिशत, प्रदेश सभाको ६०.५१ प्रतिशत, सामाजिक विकास मन्त्रालयको ५७.२९ प्रतिशत र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको ५७.१० प्रतिशत रहेको छ।

युवा तथा खेलकुद मन्त्रालयको खर्च ४४.८१ प्रतिशतमा सीमित रहेको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४४.५० प्रतिशत बजेट खर्च गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको खर्च ३८.१२ प्रतिशत तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको खर्च ३६.५७ प्रतिशत रहेको छ।

यस्तै, स्थानीय तहका लागि विनियोजन गरिएको ३ अर्ब ४२ करोड ३७ लाख ४९ हजार रुपैयाँमध्ये २ अर्ब ९० करोड ५८ लाख १५ हजार रुपैयाँ खर्च भइसकेको छ, जुन कुल विनियोजित बजेटको ८४.८७ प्रतिशत हो।

प्रतिकृया