• २६ असार २०८३, शुक्रबार
  • ११:४७ बेलुका

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ उठाउँदै

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार १२:१७

२६ असार २०८३ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ६० अर्ब रुपैयाँ बजारबाट संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले अल्पकालीन मौद्रिक उपकरणअन्तर्गत ९१ दिन अवधिको निक्षेप संकलनमार्फत उक्त रकम उठाउन लागेको हो। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल (बिडिङ) प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ६० अर्ब रुपैयाँसम्म, ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

Kamana Sewa

यस निक्षेप संकलन कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।

Classic Tech Desktop

राष्ट्र बैंकले संकलित निक्षेपको साँवा तथा ब्याज आगामी असोज २६ गते भुक्तानी गरिने जनाएको छ।

बैंकिङ प्रणालीमा पछिल्लो समय तरलता उच्च रहेकाले त्यसको व्यवस्थापन र बजारमा नगद प्रवाह सन्तुलित राख्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलनका उपकरण प्रयोग गर्दै आएको छ।

प्रतिकृया