• २७ असार २०८३, शनिबार
  • १२:५५ बिहान

आत्मदाह प्रयास गरेका गणेश नेपालीको अवस्था अझै गम्भीर, जुनसुकै बेला थप जटिलता आउन सक्ने

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ११:५४

२६ असार २०८३ काठमाडौं – आत्मदाहको प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था अझै पनि अत्यन्त गम्भीर रहेको वीर अस्पतालले जनाएको छ। शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अस्पतालले नेपालीको अवस्था अझै पनि नाजुक रहेको र स्वास्थ्य अवस्थाबारे निश्चित रूपमा केही भन्न सकिने स्थिति नरहेको जनाएको हो।

चिकित्सकहरूले जुनसुकै बेला थप जटिलता आउन सक्ने भएकाले उनको सघन निगरानीमा उपचार भइरहेको बताएका छन्। उपचारमा संलग्न चिकित्सकका अनुसार अनुहारमा लागेको आगोका कारण श्वासप्रश्वास प्रणालीमा समेत गम्भीर असर पुगेकाले उपचार निकै चुनौतीपूर्ण बनेको छ। यद्यपि, उपलब्ध सबै स्रोतसाधन परिचालन गरी उपचारलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ।

Kamana Sewa

हाल वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचाररत नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ। उनको उपचार प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट डा. जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष टोलीले गरिरहेको अस्पतालले जनाएको छ।

Classic Tech Desktop

अस्पतालका अनुसार थप उपचारका लागि उनलाई भारतको नयाँ दिल्लीस्थित अस्पताल लैजाने तयारी गरिएको थियो। तर स्वास्थ्य अवस्था स्थिर नभएकाले तत्काल स्थानान्तरण गर्न सम्भव नभएको र चिकित्सकहरूको निगरानीमै स्वदेशमै उपचार जारी रहेको बताइएको छ।

प्रतिकृया