• २७ असार २०८३, शनिबार
  • १२:५५ बिहान

आज ऊर्जा उद्यमीसँग प्रधानमन्त्री बालेनको छलफल,यस्तो छ छलफलको विषय

प्रकाशित मिति

२०८३ असार २६ गते, शुक्रबार ११:१२

२६ असार २०८३ काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमी तथा सरोकारवालासँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा ऊर्जा क्षेत्रका समसामयिक समस्या, चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत संवाद हुने जनाइएको छ।

उद्योगी–व्यवसायीसँग निरन्तर छलफललाई अघि बढाइरहेका प्रधानमन्त्री शाहले यसैक्रममा ऊर्जा क्षेत्रका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न लागेका हुन्। छलफलमा ऊर्जा क्षेत्रमा देखिएका नीतिगत तथा व्यावहारिक समस्या, लगानीको वातावरण, विद्युत् उत्पादन, प्रसारण तथा निजी क्षेत्रका सरोकारका विषयमा विशेष रूपमा छलफल हुने अपेक्षा गरिएको छ।

Kamana Sewa

एक ऊर्जा उद्यमीका अनुसार छलफलमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की, वरिष्ठ उपाध्यक्ष उत्तम लामा लगायत ऊर्जा क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन्।

Classic Tech Desktop

सरकार र निजी क्षेत्रबीचको समन्वय सुदृढ गर्दै ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान र लगानीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यले यो छलफल आयोजना गरिएको बताइएको छ।

प्रतिकृया