गृहमन्त्री गुरुङको ब्रिफिङ : विपद्पछि उद्धार र सुरक्षा कार्यमा सुरक्षा निकाय परिचालन
प्रकाशित मिति
२०८३ भाद्र ११ गते, बिहीबार १२:२४
११ भदौ २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले रसुवा बाढीपछि सिर्जित अवस्थाबारे सर्वदलीय बैठकमा ब्रिफिङ गरेका छन्। सिंहदरबारमा बसेको बैठकमा उनले सुरुङ तथा अन्य संवेदनशील क्षेत्रमा उद्धार र सुरक्षा कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए। पूर्वाधारमा ठूलो क्षति भएकाले त्यसको यकिन विवरण संकलन गर्न चुनौती भइरहेको उनको भनाइ छ।
विभिन्न संयन्त्रमार्फत मानवीय क्षति र बेपत्ता व्यक्तिको यकिन विवरण पहिचान गर्ने प्रयास भइरहेको उनले बताए। साथै, सञ्चार तथा आवागमन सम्पर्क पुनःस्थापनाका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिए।

गृहमन्त्री गुरुङले आगामी दिनमा हिमताल तथा हिमाली क्षेत्रबाट उत्पन्न हुन सक्ने जोखिमको अध्ययन, अनुसन्धान र पूर्वानुमानका लागि विशेष टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याए। उनले राहत तथा उद्धारका लागि स्वयंसेवक परिचालन गर्न राजनीतिक दलहरूले देखाएको तत्परता प्रशंसनीय रहेको बताए।





प्रतिकृया