• १९ असार २०८३, शुक्रबार
  • ४:१७ बेलुका

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ मा

प्रकाशित मिति

२०८३ असार १९ गते, शुक्रबार ०७:२३

१९ असार २०८३ काठमाडौं – सुपर सब गोन्कालो रामोसले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। टोरन्टोमा भएको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३औं मिनेटमा इभान पेरिसिसिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए।

गोल खाएपछि आक्रामक बनेको पोर्चुगलले ५८औं मिनेटमा बराबरी गर्ने सुनौलो अवसर पाए पनि राफेल लिआओको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि ६८औं मिनेटमा भिएआरको सहयोगमा पेनाल्टी पाएपछि कप्तान क्रिस्टियानो रोनाल्डोले सहज गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए। क्रोएसियाका निकोला भ्लासिचले रिकार्डो भेइगाको जर्सी तानेपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

Kamana Sewa

यो गोलसँगै रोनाल्डोले यस विश्वकपमा आफ्नो गोल संख्या तीन पुर्‍याएका छन्। यसअघि उनले समूह चरणमा उज्वेकिस्तानविरुद्ध दुई गोल गरेका थिए। विश्वकप इतिहासमा भने यो उनको ११औं गोल हो। साथै, विश्वकपको नकआउट चरणमा रोनाल्डोले गरेको यो पहिलो गोल पनि हो।

Classic Tech Desktop

बराबरीपछि पनि पोर्चुगलले लगातार दबाब कायम राख्यो। त्यसको प्रतिफलस्वरूप दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोन्कालो रामोसले हेडमार्फत निर्णायक गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए। त्यसपछि क्रोएसियाले इन्जुरी टाइममै बराबरी गोल गरे पनि भिएआर परीक्षणपछि उक्त गोलले मान्यता पाएन। त्यससँगै पोर्चुगल विजयी हुँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो।

अब पोर्चुगलले क्वार्टरफाइनल प्रवेशका लागि अन्तिम १६ मा छिमेकी स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया