कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
प्रकाशित मिति
२०८३ असार १८ गते, बिहीबार ०६:१६
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडलाई बीपीए गोल्ड अवार्ड प्राप्त भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२५ अन्तर्गत वित्तीय सेवा क्षेत्रतर्फको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको हो ।
कामना सेवा विकास बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले बीपीए अवार्डमा सिल्भर अर्वाड पीपीए अवार्ड २०२४ मा गोल्ड अवार्ड तथा बीप िअवार्ड २०२५ मा पुनः गोल्ड अवार्डबाट सम्मानित भएको हो ।

बैंकको वित्तीय विवरण लगातार रूपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डवाट समेत लगातार सम्मानित हुँदै आएको छ । यससँगै बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको छ ।

उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतीकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्यांकनका आधारमा प्रदान गरिएको हो । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।




प्रतिकृया