• ३ भदौ २०८३, बिहीबार
  • १०:०६ बिहान

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ भाद्र ४ गते, बिहीबार ०९:०७

४ भदौ २०८३ काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा पनि सामान्य बदली छ भने मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

Kamana Sewa

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

Classic Tech Desktop

यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

आज राति हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली भू-भागका थोरै तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

प्रतिकृया