• १५ असोज २०८३, बिहीबार
  • ६ः०९ बेलुका

आर्थिक विधेयकमा कर दर हेरफेर विवाद, अर्थमन्त्री वाग्ले विपक्षीको निशानामा

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:३०

काठमाडौं । आर्थिक विधेयकमा करका दर आफूखुसी हेरफेर गरिएको आरोपपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विपक्षी दलहरूको आलोचनामा परेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै विपक्षी दलका सांसदहरूले विषय उठाउँदै अर्थमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका थिए।

National Life

नेकपा एमालेका सांसद क्षितिज थेबेले संसद्मा पेस भइसकेको आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको आरोप लगाउँदै यो गम्भीर विषय भएको बताए। उनले अर्थमन्त्रालयले सार्वजनिक गरेको विधेयक वेबसाइटमा अपलोड र हटाउने प्रक्रिया समेत विवादास्पद रहेको उल्लेख गरे। संसद्‍मा पेस भइसकेको विधेयकमा १६ पेज हटाएर नयाँ संस्करण सार्वजनिक गरिएको दाबी गर्दै विपक्षी सांसदहरूले यसलाई नियतवश गरिएको ‘चलखेल’ भन्दै आपत्ति जनाएका छन्।

त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले पनि आर्थिक विधेयकमा भएको परिवर्तनलाई सामान्य रूपमा लिन नसकिने भन्दै सरकारसँग स्पष्टिकरण माग गरेका छन्। संसद्‍का जानकारहरूका अनुसार एकपटक संसद्‍मा पेस भइसकेको विधेयकमा संशोधन गर्न संसद्को स्वीकृति अनिवार्य हुन्छ। त्यसैले अर्थमन्त्रालयले आफैंले सच्याउन पाउने अधिकार नरहेको विषय पनि उठाइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षी दलहरूले अर्थमन्त्री वाग्लेमाथि नैतिक जिम्मेवारी लिनुपर्ने र विषयको छानबिन हुनुपर्ने माग गरेका छन्।

प्रतिकृया