• १६ असोज २०८३, शुक्रबार
  • ७ः४८ बेलुका

प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसदमा फेरि अवरोध, विपक्षी दलको अडान कायमै

प्रकाशित मिति

२०८३ जेष्ठ २६ गते, मंगलवार ०१:३६

२६ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरूले विरोध जनाउँदै संसद् अवरुद्ध गरेका छन्। बैठक सुरु भएलगत्तै विपक्षी सांसदहरू उठेर विरोध जनाएका हुन्।

National Life

सभामुख डीपी अर्याल ले बैठक सुरु गरेपछि विपक्षी सांसदहरू आ-आफ्नो स्थानबाट उठेका थिए। त्यसपछि उनले नेकपा एमालेका सांसद क्षितिज थेबेलाई बोल्न समय दिएका थिए। सांसद थेबेले प्रधानमन्त्री बालेन शाह ले संसदमा दिएको अभिव्यक्तिबारे स्पष्टिकरण नआएसम्म संसद् अवरोध जारी रहने बताए।

प्रधानमन्त्री शाहले संसदमा सम्बोधन गर्ने क्रममा दिएको भनिएको विवादित अभिव्यक्तिको विषयलाई लिएर विपक्षी दलहरू आक्रोशित छन्। उनीहरूले प्रधानमन्त्रीले आफैं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

विपक्षी दलहरूको माग पूरा नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनीसँगै आजको बैठक पनि अवरुद्ध भएको छ।

प्रतिकृया