• ३० जेठ २०८३, शनिबार
  • ११:४४ बिहान

सरकारले सुरु गर्दै ‘सफा शौचालय अभियान’

प्रकाशित मिति

२०८३ जेष्ठ १५ गते, शुक्रबार ०४:५९

काठमाडौं — सरकारले देशभर ‘सफा शौचालय अभियान’ सञ्चालन गर्ने घोषणा गरेको छ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अभियान सुरु गरिने जानकारी दिएका हुन्।

Kamana Sewa

सरकारले सार्वजनिक स्थान, विद्यालय, सरकारी कार्यालय तथा पर्यटकीय क्षेत्रका शौचालयलाई सफा, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यसहित अभियान अघि बढाउने जनाएको छ।

Classic Tech Desktop

अभियानमार्फत सरसफाइ प्रवर्द्धन, जनस्वास्थ्य सुधार तथा स्वच्छ वातावरण निर्माणमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। बजेटमार्फत स्थानीय तहसँग समन्वय गरी अभियान प्रभावकारी रूपमा सञ्चालन गरिने पनि उल्लेख गरिएको छ।

प्रतिकृया