• ७ असोज २०८३, बुधबार
  • ८ः३७ राती

‘ट्याक्स युरोपको जस्तो, सुविधा सोमालियाको जस्तो’ भन्दै सांसद दीपक साहको कटाक्ष

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार १२:४०

१३ जेठ २०८३ काठमाडौं – दीपककुमार साहले सरकारले नागरिकबाट युरोपजस्तो कर उठाएर सोमालियाजस्तो सुविधा दिएको भन्दै कटाक्ष गरेका छन् ।बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व श्रम तथा रोजगारमन्त्री साहले कर र नागरिकले पाउने सेवाबीच ठूलो असन्तुलन रहेको बताएका हुन् ।

National Life

उनले सरकारले अहिले वार्षिक ५ लाख रुपैयाँसम्मको आम्दानीमा लिँदै आएको १ प्रतिशत करको सीमा बढाएर १० देखि १२ लाख रुपैयाँसम्म पुर्‍याउनुपर्ने माग गरे ।

सांसद साहले पछिल्लो पाँच वर्षमा महँगी ३८ देखि ४० प्रतिशतसम्म बढेको तर तलब वृद्धि करिब १५ प्रतिशत मात्रै भएकाले सरकारले कर तथा आर्थिक नीतिमा सन्तुलन कायम गर्नुपर्ने बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया