• ६ असोज २०८३, मंगलबार
  • ३ः४४ दिउँसो

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले ६ महत्वपूर्ण निर्णय पारित

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार १२:१४

१३ जेठ २०८३ काठमाडौं – कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथो संशोधन) नियमावली–२०८३ स्वीकृत गरेको छ ।

National Life

बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने निर्णय पनि गरेको छ । त्यसैगरी योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्रलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरिएको छ ।

त्यस्तै, सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र पनि स्वीकृत गरिएको छ । कर्णाली प्रदेश विनियोजन ऐन–२०८२ कार्यान्वयनमा देखिएको बाधा फुकाउन आदेश जारी गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै, जीवनाशक विषादी व्यवस्थापन नियमावली–२०८३ स्वीकृत गरिएको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया