• ४ साउन २०८३, सोमबार
  • २:२४ बिहान

हर्क साम्पाङले सभामुखको रुलिङप्रति असन्तुष्टि जनाउँदै संसद बैठक गरे बहिस्कार

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ११:३३

१३ जेठ २०८३ काठमाडौं – सांसद हर्क साम्पाङले सभामुखको रुलिङप्रति असन्तुष्टि जनाउँदै संसद बैठक बहिस्कार गरेका छन् । हर्क साम्पाङ ले प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बुधबारको प्रतिनिधि सभा बैठक बहिस्कार गरेका हुन् ।

उनले बैठक सुरु भएलगत्तै नियम ३१ अनुसार आफूलाई बैठकबाट बाहिर निकाल्न वा प्रधानमन्त्रीलाई उपस्थित गराउन रुलिङ गर्न माग गरेका थिए ।

Kamana Sewa

तर सभामुखले माग सम्बोधन नगरेपछि उनी बैठक कक्षबाट बाहिरिएका थिए । उक्त बैठकमा प्रधानमन्त्रीको उपस्थितिको विषयलाई लिएर संसदमा तनावपूर्ण अवस्था देखिएको थियो ।

Classic Tech Desktop

बालेन शाह को संसद उपस्थितिबारे उठाइएको मागलाई लिएर विवाद बढेपछि बैठक बहिस्कार भएको हो ।

प्रतिकृया