• ४ साउन २०८३, सोमबार
  • १:४० बिहान

प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध, संसद् १५ मिनेटका लागि स्थगित

प्रकाशित मिति

२०८३ जेष्ठ १२ गते, मंगलवार ०३:३४

१२ जेठ २०८३ काठमाडौं – प्रतिनिधिसभा बैठक विपक्षी दलको अवरोधबीच १५ मिनेटका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन शाहको उपस्थितिको माग गर्दै विपक्षी सांसदहरूले नाराबाजी गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

विरोधकैबीच सभामुख अर्यालले कार्यसूची अघि बढाउँदै पर्यटनमन्त्री खडकराज पौडेललाई पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । प्रस्तावमाथि राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदले छलफलमा भाग लिएपछि संसद् बैठक १५ मिनेटका लागि रोकिएको हो ।

Kamana Sewa

प्रतिकृया