आजसम्म मात्रै कालंगा हाइड्रोको आईपीओ भर्न पाइने
प्रकाशित मिति
२०८३ जेष्ठ १३ गते, बुधबार ०७:४५
१३ जेठ २०८३ काठमाडौं – कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज जेठ १३ गते अन्तिम दिन रहेको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँड गरिसकेको कम्पनीले बाँकीमध्ये सामूहिक लगानी कोष र कर्मचारीका लागि सुरक्षित हिस्सा छुट्याएर २८ लाख ७० हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको हो।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। मागअनुसार आवेदन नपरेमा निष्काशन अवधि जेठ २२ गतेसम्म लम्बिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।






प्रतिकृया