• ६ असोज २०८३, मंगलबार
  • २ः४५ दिउँसो

सिंहदरबारमा प्रधानमन्त्री, रवि र अर्थमन्त्रीबीच मध्यरातसम्म गोप्य छलफल

प्रकाशित मिति

२०८३ जेष्ठ १३ गते, बुधबार ०७:५५

१३ जेठ २०८३ काठमाडौं – सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गएराति प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच करिब चार घण्टा लामो गोप्य छलफल भएको स्रोतले जनाएको छ। साँझ ६ बजेदेखि सुरु भएको बैठक राति १० बजेसम्म चलेको बताइएको छ।

National Life

कार्यव्यस्तता र सञ्चारकर्मीको चासोका कारण साँझपछि मात्रै बैठक राखिएको स्रोतको दाबी छ। सामान्यतया व्यक्तिगत वा राजनीतिक भेटघाटमा कम देखिने प्रधानमन्त्री शाहले मध्यरातिसम्म छलफल गर्नु अर्थपूर्ण रूपमा हेरिएको छ।

सरकार गठन भएको दुई महिना नपुग्दै चौतर्फी आलोचना, संसदमा उत्पन्न असहज अवस्था तथा सुकुम्बासी बस्ती हटाउने क्रममा भएको घटनापछि सरकार दबाबमा परेको बेला यो बैठक भएको हो। पछिल्ला दिनमा सरकारका निर्णयका कारण राष्ट्रिय स्वतन्त्र पार्टी ले भोगिरहेको राजनीतिक अप्ठेरोबारे सभापति लामिछानेले स्पष्ट धारणा राखेको अनुमान गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्रोतका अनुसार बैठकमा लामिछानेको आसन्न भारत भ्रमण, संसदमा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विपक्षी दलले गरिरहेको विरोध लगायत विषयमा पनि सामान्य छलफल भएको बताइएको छ। यद्यपि बैठकका आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।

प्रतिकृया