• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

यस्तो छ आजको मौसम

प्रकाशित मिति

२०८३ जेष्ठ ९ गते, शनिबार ०८:४१

९ जेठ २०८३ काठमाडौं – देशका विभिन्न भूभागमा मौसममा बदली देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहँदा तराईका केही क्षेत्रमा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहनेछ भने अन्य प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने जनाइएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Kamana Sewa

गण्डकी प्रदेशका एक–दुई पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी पनि विभागले दिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा तातो हावाको लहर चल्न सक्ने सम्भावना रहेको छ ।

Classic Tech Desktop

रातिको समयमा पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा बदली रहने तथा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोसी प्रदेशका केही पहाडी र तराई क्षेत्रमा राति भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिकृया