• १ असोज २०८३, बिहीबार
  • ४ः४२ बेलुका

लामो दूरीका बसमा अब ‘लगेज ट्याग’ अनिवार्य, जेठ १५ देखि लागू हुने

प्रकाशित मिति

२०८३ जेष्ठ ९ गते, शनिबार ०८:५७

९ जेठ २०८३ काठमाडौं – काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सार्वजनिक सवारी साधनमा अब यात्रुको लगेज ट्याग प्रणाली लागू गरिने भएको छ । यात्रुको झोला हराउने, साटिने तथा चोरी हुने समस्या रोक्न नयाँ व्यवस्था लागू गर्न लागिएको हो ।

National Life

शुक्रबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र राष्ट्रिय यातायात व्यवसायी महासङ्घबीच सम्झौता भएपछि जेठ १५ गतेदेखि उक्त प्रणाली कार्यान्वयनमा आउने भएको हो । सम्झौताअनुसार बसमा राखिने प्रत्येक लगेजमा विशेष ट्याग लगाइनेछ । यात्रुले पाउने ट्याग नम्बर र बसमा राखिएको सामानको नम्बर मिलाएर मात्रै गन्तव्यमा सामान बुझाइने व्यवस्था गरिनेछ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै लगेज चोरी, झोला हराउने तथा गैरकानुनी गतिविधि नियन्त्रण गर्न यो प्रणाली प्रभावकारी हुने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौला ले हवाई यात्रामा जस्तै अब सार्वजनिक बस सेवामा पनि आधुनिक व्यवस्थापन प्रणाली लागू गर्न लागिएको जानकारी दिए ।

यातायात व्यवसायीका अनुसार विशेषगरी चाडपर्व, रात्रीकालीन तथा भीडभाड हुने समयमा यात्रुको सामान हराउने गुनासो बढ्दै आएको थियो । नयाँ प्रणाली लागू भएपछि यात्रुले अझ सुरक्षित र ढुक्क भएर यात्रा गर्न सक्ने विश्वास गरिएको छ ।

प्रतिकृया