• ७ असोज २०८३, बुधबार
  • १०ः०२ राती

छुट्ला है : सर्वसाधारणका लागि खुलाइएको एपोलो हाइड्रोपावरको आईपीओ आज बन्द हुँदै

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०९:५८

३० चैत,२०८२ काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि खुला गरेको आईपीओमा आवेदन दिने आज चैत ३० गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत २६ गतेदेखि उक्त आईपीओ निष्काशन गरेको हो।

National Life

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरिसकेको थियो। त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको हो।

कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको थियो। प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

यसअन्तर्गत ४ लाख ७० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँड गरिसकिएको छ। बाँकीमध्ये ४७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ।

अन्ततः बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो। यसमा न्यूनतम १० कित्ता र अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओका लागि गरिएको मूल्याङ्कनमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया