• ९ असोज २०८३, शुक्रबार
  • १२ः४० राती

दक्षिणकालीमा कार दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति

२०८२ चैत्र ३० गते, सोमबार ०९:३३

३० चैत,२०८२ काठमाडौं – दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दक्षिणकाली नगरपालिका–८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको ज्यान गएको प्रहरीले जनाएको छ।

National Life

मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०१–०२८ च ५२८१ नम्बरको कार सोमबार राति करिब सवा १० बजे सडकबाट करिब ५०० मिटर तल खसेको हो।

दुर्घटनामा कार चालक सुरज खड्का (३४), काठमाडौं महानगरपालिका–७ निवासी, को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया