वैशाख २ देखि सोपान फर्मास्युटिकल्सको आईपीओ सर्वसाधारणका लागि खुल्दै
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०९:५३
१८ चैत,२०८२ काठमाडौं – सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि आउँदो वैशाख २ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाइसकेको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ४ लाख २९ हजार कित्ता आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।
त्यसैगरी २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ। अब बाँकी ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख ६ गते तोकिएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।





प्रतिकृया