• २ असोज २०८३, शुक्रबार
  • ६ः४१ बेलुका

राउत अवकाशपछि सपना प्रधान मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार १०:०७

१८ चैत,२०८२ काठमाडौं – सर्वोच्च अदालतमा नेतृत्व परिवर्तन भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण सेवा निवृत्त भएसँगै वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्।

National Life

राउत ६५ वर्षे उमेरहद पूरा भएसँगै अनिवार्य अवकाशमा गएका हुन्। उनले वकालत क्षेत्रमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष सेवा दिएका थिए। वि.सं. २०८१ असोज २० गते उनी प्रधानन्यायाधीश नियुक्त भएका थिए।

मंगलबार आयोजित कार्यक्रममा राउतलाई औपचारिक बिदाइ गरिएको थियो। त्यसलगत्तै वरिष्ठताको आधारमा मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी हुन्।

Classic Tech Mobile
Classic Tech Desktop

यसैबीच, न्याय परिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरि फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ।

संवैधानिक व्यवस्था अनुसार सिफारिस गरिएका नामहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट नयाँ प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

प्रतिकृया