• २ असोज २०८३, शुक्रबार
  • ११ः५० बिहान

नाडा नेपालमा सुरेन्द्रकुमार उप्रेती नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति गठन,को – को छन् सदस्य ?

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार ११:१८

९ चैत,२०८२ काठमाडौं-  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। चैत ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले नाडाको विधान २०७१ (संशोधन सहित) अनुसार गत पौष २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएको हो।

National Life

नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्षमा करणकुमार चौधरी, संस्थागत उपाध्यक्षहरूमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षहरूमा विक्रम सिंहानिया र अभिक ज्योति रहेका छन्। महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघराज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल र सहकोषाध्यक्षमा निलमणी पाठक चयन भएका छन्।

संस्थागत सदस्यतर्फ प्रदेश सदस्यहरूमा डिल्लीराम आचार्य, केदारकुमार अग्रवाल, दामोदर अटल, दिपेन्द्र कोइराला र पुष्कर ओझा रहेका छन्। साधारण सदस्यतर्फ अनुपकुमार बराल, तोयानाथ खनाल, दिपकराज गिरी, दिपेन्द्रकुमार मिश्र, दिवाकर मिश्र, नवराज भुसाल, नविनकुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश कपुरी, विकाश जोशी र विमल साह चयन भएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्षबाट मनोनित सदस्यहरूमा दिपककुमार अग्रवाल, महेश पाल र राजेशप्रसाद गिरी रहेका छन्। कार्यक्रमको अवसरमा अध्यक्ष उप्रेतीले नाडाका पूर्व अध्यक्षहरूको सम्मानमा भेटघाट तथा छलफल कार्यक्रम पनि आयोजना गरेका थिए।

प्रतिकृया