• २ असोज २०८३, शुक्रबार
  • १२ः३८ दिउँसो

न्यायाधीश शर्मा–मुसलमान इजलासमा रवि लामिछानेको मुद्दा सुनुवाइ हुँदै

प्रकाशित मिति

२०८२ चैत्र ९ गते, सोमबार १२:२०

९ चैत,२०८२ काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सोमबार (चैत ९) सर्वोच्च अदालतमा सुनुवाइको पेसी तोकिएको छ। सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा तय भएको हो।

National Life

यसअघि गत चैत ५ मा न्यायाधीशहरू सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले आफूबाहेकको इजलासमा सोमबारका लागि सुनुवाइको पेसी तोक्न आदेश दिएका थिए। सर्वोच्चको मागअनुसार महान्यायाधिवक्ता कार्यालयबाट पेस गरिएको अघिल्लो निर्णय संशोधनसम्बन्धी फाइल समेत सुनुवाइको तयारीमा छ।

महान्यायाधिवक्ता सविता भण्डारीले माघ २ मा लामिछानेसहित अन्य सबै आरोपितको हकमा आरोपपत्र संशोधन हुने निर्णय गरेकी थिइन्। उनले लामिछानेविरुद्ध काठमाडौं, कास्की, पर्सा र रुपन्देही जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

तर, भण्डारीको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानुनका विद्यार्थी आयुस बडाल र युवराज पौडेल ‘सफल’ले रिट दायर गरेका छन्। गत पुस ३० गते, भण्डारीले लामिछानेमाथि सहकारी ठगीमा मात्र मुद्दा चलाउन सम्बद्ध जिल्ला सरकारी वकिलको कार्यालयलाई पत्रमार्फत निर्देशन दिएकी थिइन्। निर्देशनअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधनमार्फत फिर्ता लिन भनिएको थियो।

प्रतिकृया