• ३ साउन २०८३, आइतबार
  • ३:५२ बेलुका

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

प्रकाशित मिति

२०८२ माघ २५ गते, आईतवार १२:२०

२५ माघ,२०८२ काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकले आज ४२ दिनका लागि निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप संकलन उपकरण बोलकबोल प्रक्रियामार्फत जारी गरिनेछ। बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलपत्र पेस गर्न सक्नेछन्। निक्षेपको ब्याजदर बोलकबोलकै आधारमा निर्धारण हुनेछ भने साँवा र ब्याज भुक्तानी २०८२ चैत ८ गते गरिनेछ।

Kamana Sewa

बोलपत्र पेश गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिने राष्ट्र बैंकले जनाएको छ।

Classic Tech Desktop

बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकतामा राखी क्रमशः आह्वान गरिएको रकमसम्म निक्षेप स्वीकृत गरिनेछ।

प्रतिकृया