• ३ असोज २०८३, शनिबार
  • १०ः१७ बिहान

चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ०२:०५

१८ माघ,२०८२ काठमाडौं – चर्चित पत्रकार तथा चलचित्र पत्रकार संघ नेपालका पूर्वअध्यक्ष दिनेश सिटौलाको आज (शुक्रबार) निधन भएको छ। उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रूप) बाट पीडित थिए।

National Life

अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को चुनावी अभियानमा सहभागी भएर गएका बेला अचानक बेहोस भएर ढलेका सिटौलालाई शुक्रबारै काठमाडौँ ल्याइएको थियो। ग्राण्डी अस्पतालले उनको उपचारका लागि भेन्टिलेटरमा राखिएको थियो। अस्पतालले आज चिकित्सकहरूले उनको मृत घोषणा गरेको पुष्टि गरेको छ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी भएको परिवारका स्रोतले जनाएका छन्। ४३ वर्षीय सिटौला अविवाहित थिए। उनका पिता, एक दिदी र दुई दाजुभाइ छन्। चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष रहेका सिटौलाले सयौं नेपाली चलचित्रहरूको प्रमोसनमा काम गरेका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

सिटौला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा टोलीमा रहेर अछाम पुगेका थिए। त्यहाँ अचानक बेहोस भएपछि उनी काठमाडौँ ल्याइएका थिए र ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

प्रतिकृया