• ४ असोज २०८३, आइतबार
  • ४ः०३ बेलुका

घोषणापत्रमा आर्थिक एजेन्डा प्राथमिकतामा छैन: ढकाल

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ०२:३०

१८ माघ,२०८२ काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलका घोषणापत्रमा आर्थिक र निजी क्षेत्रसँग सम्बन्धित विषयहरू प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। नेपाल आर्थिक पत्रकार सङ्घले आज आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ सम्बन्धी कार्यक्रममा अध्यक्ष ढकालले राजनीतिक दलहरू आफ्नो एजेन्डाभन्दा पनि अरू दललाई गाली गरेर स्थापित हुन खोज्ने प्रवृत्ति बढिरहेको बताए।

National Life

उनले भने, “दलले आफ्ना एजेन्डामार्फत जनतामाझ जानुपर्नेमा निजी क्षेत्र, आर्थिक विषयलगायत विषयले प्राथमिकता पाउन सकेका छैनन्।” अध्यक्ष ढकालले निजी क्षेत्रले राज्यलाई पुर्‍याएका योगदानको चर्चा राजनीतिक नेतृत्व र दलबाट हुन नसकेको भन्दै त्यसले समाजमा नकारात्मक सन्देश दिएको बताए।

उनले थपे, “आर्थिक एजेन्डालाई प्रमुख प्राथमिकता बनाउँदै घोषणापत्र तयार गर्न राजनीतिक दलहरूले आवश्यक कदम उठाउनुपर्ने” आवश्यकता रहेको उल्लेख गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया