• ५ असोज २०८३, सोमबार
  • २ः११ राती

नबिल बैंकको नाफा बढ्दा सेयर कस्तो छ?

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ११:४४

१८ माघ,२०८२ काठमाडौं – आर्थिक वर्ष २०८२–८३ को पहिलो छ महिनामा (साउन–पुस) वाणिज्य बैंकहरूको नाफा १२ प्रतिशतले वृद्धि हुँदा नबिल बैंक नाफा आधारमा अग्रस्थानमा रह्यो। तर, नबिल बैंकको सेयर बजारमा अवस्था कस्तो छ भन्ने प्रश्न अहिले धेरै लगानीकर्ताको ध्यानाकर्षणमा छ।

National Life

नबिल बैंकले यस अवधिमा ४७ प्रतिशत वृद्धि गर्दै ४ अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको छ। बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ८ करोड र प्रति सेयर आम्दानी ३५.०४ रुपैयाँ रहेको छ।

तर, बैंकले अहिले कर्जा असुलीमा चुनौती सामना गरिरहेको छ। वाणिज्य बैंकहरूको औसत निस्क्रिय कर्जा ५.०९ प्रतिशत रहेको छ भने नबिल बैंकको निस्क्रिय कर्जा ४.२५ प्रतिशत छ।

Classic Tech Mobile
Classic Tech Desktop

नबिल बैंकले हालै ५ अर्ब रुपैयाँ बराबरको ८% अग्राधिकार सेयर जारी गरी चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुर्‍याएको छ। यसले बैंकको कुल पुँजी कोष अनुपात १२.७७ प्रतिशत पुर्‍याउन मद्दत गरेको छ, जुन नियामक मापदण्ड ११ प्रतिशतभन्दा माथि छ।

सेयर बजारमा नबिल बैंकको सेयर हाल ४९७ रुपैयाँमा कारोबार भइरहेको छ। प्राविधिक विश्लेषण अनुसार लामो अवधिको मुभिङ एभरेजले सेयरमा बियरिस प्रवृत्ति देखाएको छ भने छोटो अवधिमा बुलिस संकेत देखिएको छ। बिहीबारको कारोबारमा मैनबत्ती आकृतिले अनिर्णय देखाउँदा लगानीकर्तालाई आगामी दिनको बजार हेरेर निर्णय लिन सुझाव दिइएको छ।

प्रतिकृया