• ४ असोज २०८३, आइतबार
  • ११ः५६ राती

निर्वाचन हुन ३२ दिन बाँकी: मतपत्र छपाइ र तयारीको अवस्था के छ?

प्रकाशित मिति

२०८२ माघ १८ गते, आईतवार ११:२९

१८ माघ,२०८२ काठमाडौं –  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फका मतपत्र छपाइको काम तीव्र गतिमा भइरहेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको प्रत्यक्ष मतपत्र छपाइको काम पूरा भएको छ।

National Life

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा जारी छ। आयोगले डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान र जाजरकोटका प्रत्यक्षतर्फका मतपत्र छपाइको काम सम्पन्न भएको जनाएको छ।

त्यसैगरी दैलेख निर्वाचन क्षेत्र नं. १ र २, सुर्खेत १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं. १ र २, कैलाली क्षेत्र नं. १, झापा क्षेत्र नं. ५ र सुनसरी क्षेत्र नं. १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम पनि पूरा भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आयोगले नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० मतपत्र छपाइ सम्पन्न भई निर्वाचन क्षेत्रमा पठाइएको र समानुपातिकतर्फ २ करोड ८ लाख ३० मतपत्र छपाइ सकिएको जानकारी दिएको छ।

प्रतिकृया