• ४ साउन २०८३, सोमबार
  • ८:३४ बेलुका

चाँदीको भाउमा नयाँ रेकर्ड, सुनको मूल्य पनि बढ्यो

प्रकाशित मिति

२०८२ पुष २ गते, बुधबार ११:३९

२ पुष,२०८२ काठमाडौं—  बुधबार चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदीको भाउ प्रतितोला ४,०५५ रुपैयाँ तोकेको छ, जुन एकैदिन १७० रुपैयाँले बढेको हो। अघिल्लो दिन चाँदीको भाउ ३,८८५ रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य पनि बढ्दै प्रतितोला २,५९,७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन २,५९,००० रुपैयाँमा कारोबार भएको थियो। यसअघि सोमबार सुनको भाउ हालसम्मकै उच्च २,६०,७०० रुपैयाँ पुगेको रेकर्ड थियो।

Kamana Sewa

प्रतिकृया