• ३१ भदौ २०८३, बुधबार
  • ८ः५८ राती

विनायक शिक्षा निकेतनका मेधावी छात्र तुलज प्रजापति अन्तर्राष्ट्रय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा छनौट

प्रकाशित मिति

२०८२ मंसिर २१ गते, आईतवार ०९:२८

मंसिर २१, २०८२ भक्तपुर- शिक्षाका साथसाथै विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलका मेधावी छात्र तुलज प्रजापति हेटौडामा सम्पन्न राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप प्रतियोगितामा च्याम्पियन भई अन्तर्राष्ट्रिय च्याम्पियनसिप प्रतियोगिताका लागि छनौट हुन सफल भएका छन्।

National Life

यही मङ्सिर १९ र २० गते हेटौडाको बालजागृति स्कुलमा देशभरिबाट छनोट भएर आएका १०० जना खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै तुलज यही पुसको अन्तिम साता काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिप २०२६ का लागि छनौट हुन सफल भएको कुरा विद्यालयका सहायक प्रिन्सिपल एवं स्क्र्याबल क्लब अफ नेपाल भक्तपुर – काभ्रेका संयोजक प्रेमप्रसाद निरौलाले जानकारी गराए।

छनौट हुन सफल छात्र तुलज प्रजापतिले मेडल ,ट्रफी र नगद पुरस्कार समेत प्राप्त गर्न सफल भएका थिए। स्क्र्याबल क्लब अफ नेपालले हरेक वर्ष आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट जम्मा २५ जना विद्यार्थीहरु छनोट गरी विश्वका विभिन्न देशका स्क्र्याबल खेलाडीहरूका बीचमा प्रतिस्पर्धा गराउँदै आएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जसमा विनायकका तुलजले विगत तीन वर्षदेखि छनौट हुँदै अन्तर्राष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा सहभागी हुँदै गत वर्ष १२वटा देशका खेलाडीहरूलाई पछि पार्दै चौथो हुन सफल भएका थिए भने यस वर्ष पनि राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बनी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि पुन छनौट हुन सफल भएका छन् ।छनौट हुन सफल विनायकका छात्र तुलज प्रजापतिको उत्तरोत्तर प्रगति तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत अझ सशक्त बनी अगाडि बढ्न सकुन् भनी विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले शुभकामना दिए।

प्रतिकृया