• २ असोज २०८३, शुक्रबार
  • ३ः५६ दिउँसो

माछापुच्छ्रे एसआइपी योजनाको इकाईमा आवेदन खुल्यो

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १०:२५

मंसिर १४, २०८२ काठमाडौं – कोष प्रवर्द्धक माछापुच्छ्रे बैंक र योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको ‘एमबीएल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालित ‘माछापुच्छ्रे एसआईपी योजना’ का २ करोड इकाई आजदेखि बिक्री खुलेको छ।

National Life

जारी योजनामा कुल ५ करोड इकाई बिक्री गर्ने लक्ष्य रहेको भए पनि प्रथम चरणमा २ करोड इकाई मात्र बिक्रीमा ल्याइएको हो। जसमध्ये ७० लाख इकाई माछापुच्छ्रे बैंकलाई र ५ लाख इकाई माछापुच्छ्रे क्यापिटललाई सुरक्षित गरी बाँकी १ करोड २५ लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ।

यस योजनामा प्रतिकित्ता अंकित मूल्य १० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

मंसिर १४ गतेदेखि १७ गतेसम्म आवेदन दिन सक्नेछन्। निर्धारित अवधिभित्र पर्याप्त आवेदन नपरेमा आवेदन अवधि मंसिर २८ गतेसम्म लम्बिन सक्नेछ।

म्युचुअल फण्ड निष्कासनका लागि प्राप्त रेटिङ अनुसार, कोष प्रवर्द्धक माछापुच्छ्रे बैंकलाई ‘CARENP Triple B Plus Issuer’ रेटिङ केयर रेटिङ नेपालले प्रदान गरेको छ। त्यस्तै, योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटललाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले ‘आईआरएन एएमसी क्वालिटि ३’ रेटिङ्ग प्रदान गरेको छ।

यस योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका माछापुच्छ्रे क्यापिटल लिमिटेडले नै वहन गर्नेछ।

प्रतिकृया