• ४ असोज २०८३, आइतबार
  • ७ः१८ बेलुका

एमाले ११औं महाधिवेशनको लोगो आज अध्यक्ष ओलीबाट सार्वजनिक हुने

प्रकाशित मिति

२०८२ मंसिर १४ गते, आईतवार १०:४६

मंसिर १४, २०८२ काठमाडौं – नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनको लोगो आइतबार सार्वजनिक गरिने भएको छ। प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेका अनुसार लोगो सार्वजनिक गर्ने तयारी पूरा भएको छ र सो अवसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ।

National Life

लोगो सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष रूपमा लोगो अनावरण गर्नेछन्। कार्यक्रम आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा हुने जानकारी पाण्डेले दिएका छन्।

एमालेले केही दिनमै सुरु हुन लागेको महाधिवेशनका विभिन्न प्राविधिक र व्यवस्थापकीय तयारीहरूलाई तीव्र पार्दै लोगो सार्वजनिक गर्न लागिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया