एनपीएलमा आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज आमनेसामने
प्रकाशित मिति
२०८२ मंसिर १४ गते, आईतवार ०९:४१
मंसिर १४, २०८२ काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३:३० बजेदेखि सुरू हुने छ।
जारी लिगमा कर्णाली याक्सले ४ खेलमध्ये केवल एकमा जित दर्ता गरेको छ भने ३ खेलमा पराजित भएको छ। उता, काठमाडौँ गोर्खाजले ५ खेलमा ३ जित र २ हारको नतिजा सङ्कलन गरेको छ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्समा गुलशन झा, नन्दन यादव, पवन सराफलगायत राष्ट्रिय खेलाडीको उपस्थिति छ। टोलीमा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान जस्ता विदेशी स्टार खेलाडी पनि छन्।

त्यसैगरी, काठमाडौँ गोर्खाज करण केसीको नेतृत्वमा मैदान उत्रिँदैछ। टिममा भीम सार्की, शाहब आलम, रशिद खान र मोहमद आदिल आलम जस्ता राष्ट्रिय खेलाडी समावेश छन्। विदेशी खेलाडीमार्फत टोलीले मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमारलाई समावेश गरेको छ।
आजको खेलले दुवै टिमलाई अंकतालिकामा आफ्नो स्थिति सुधार्ने अवसर प्रदान गर्नेछ।




प्रतिकृया