नेप्सेमा पाँच कम्पनीको सेयर मूल्य समायोजन
प्रकाशित मिति
२०८२ मंसिर १२ गते, शुक्रबार ०९:२६
मंसिर १२, २०८२ काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार पाँच कम्पनीको सेयर मूल्य समायोजन गरिएको छ। कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश वितरणका लागि बुक क्लोज गरेपछि मूल्य समायोजन गरिएको हो।

नेप्सेका अनुसार कृषि विकास बैंकको बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गर्दा नयाँ मूल्य ३१८.५५ रुपैयाँ कायम भएको छ। बैंकले ३.२५ प्रतिशत बोनस सेयर वितरण गर्दैछ।
बरुण हाइड्रोपावरले ४.७५ प्रतिशत बोनस घोषणा गर्दै बुक क्लोज गरेको छ। यसको अन्तिम कारोबार मूल्य ३५३.९० रुपैयाँका आधारमा समायोजनपछि नयाँ मूल्य ३३७.८५ रुपैयाँ भएको छ।

सर्वोत्तम सिमेन्टको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा यसको नयाँ मूल्य ८७०.३८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ। कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ९१३.९० रुपैयाँ थियो। त्यसैगरी, ङादी पावरले ५ प्रतिशत बोनस सेयर दिने निर्णयसँगै बुक क्लोज गरेको छ। बिहीबार ३९७.६० रुपैयाँमा कारोबार भएको सेयर समायोजनपछि नयाँ मूल्य ३७९.५७ रुपैयाँ निर्धारण गरिएको छ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि लाभांशका लागि बुक क्लोज गरेकाले यसको सेयर मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ।



प्रतिकृया